५९.३ प्रतिशतले बढ्यो सुनको मूल्य

हिमाल प्रेस ३० कार्तिक २०८२ १३:१० | Sunday, November 16, 2025
24
SHARES
५९.३ प्रतिशतले बढ्यो सुनको मूल्य

काठमाडौँ- एक वर्ष अवधिमा सुनको मूल्यमा ५९.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तीन महिनाको आर्थिक विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ असोज मसान्तमा प्रतिऔंँस सुनको मूल्य अमेरिकी डलर २६७५.२५ थियो। २०८२ असोज मसान्तमा ५९.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४२६१.९५ पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

विश्व बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अक्टोबर सुरुमा निकै माथि पुगेको थियो। पछिल्ला हप्तामा केही घटेको छ। उच्च भूराजनीतिक तनाव र सुरक्षित लगानी (सेफ–हेभेन) को मागका कारण सुनको मूल्य बढेको विश्व बैंकको पछिल्लो विवरणमा उल्लेख छ।

सन् २०२५ मा सुनको मूल्य करिब ४२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। जुन १९७० दशकको अन्त्यपछि सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। सन् १९७९–८० को मूल्यवृद्धि र हालको बढोत्तरी दुवै उच्च भूराजनीतिक तनाव र कमजोर अमेरिकी डलरको परिस्थितिमा भएको विश्व बैंकले उल्लेख गरेको छ।

सुनको मूल्यवृद्धि २०२६ सम्म जारी रहने अपेक्षा गरिएको छ। सरकारी क्षेत्रको माग र लगानीकर्ताको चासो क्रमिक रूपमा घट्दै गएमा सुनको मूल्य घट्न सक्नेछ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला तीन महिनामा पेट्रोलिम पदार्थको मूल्य भने घटेको छ। कच्चा पेट्रोलियमको मूल्य  अन्तर्राष्ट्रिय बजारमा २०८१ असोज मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ७३.६५ थियो। २०८२ असोज मसान्तमा १७.१ प्रतिशतले कमी आई अमेरिकी डलर ६१.०८ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १३:१० | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast