प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन जेनजीहरूको माग

हिमाल प्रेस ४ मंसिर २०८२ १५:५६ | Thursday, November 20, 2025
28
SHARES
प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन जेनजीहरूको माग

काठमाडौँ- जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेका छन्।

जेनजी विद्रोहबमोजिम सरकार सञ्चालन नभएको भन्दै उनीहरूले प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपति पौडेलसमक्ष माग गरेका हुन्।

जेनजीका २३ वटा समूहले राष्ट्रपति पौडेलसमक्ष बुझाएको सामूहिक ज्ञापनपत्रमा सरकार विद्रोहको अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमामात्र गराउने दिशामा अगाडि बढिरहेको उल्लेख छ।

सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, विद्रोमा भएको नरसंहारमा संलग्नमाथि कारबाहीलगायतका अपेक्षा राखिए पनि त्यसो नदेखिएको उनीहरूको भनाइ छ।

‘…सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी दिशाहीन अवस्थामा रहेको पाइयो। यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि भएको थिएन,’ ज्ञापनपत्रमा भनिएको छ,‘…यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्मानीयज्यूसमक्ष निवेदन गर्दछौँ।’

जेनजी युवाहरूलाई सरकारका विरूद्ध शान्तिपूर्ण आन्दोलन तथा दाबाब कार्यक्रम आयोजना गर्ने समेत उल्लेख गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८२ १५:५६ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast