जेनजी अगुवा रक्षा बमको आग्रह- अब देशले एक थोपा रगत थेग्न सक्दैन,संयमित हुनुहोला

हिमाल प्रेस ४ मंसिर २०८२ १५:५२ | Thursday, November 20, 2025
14
SHARES
जेनजी अगुवा रक्षा बमको आग्रह- अब देशले एक थोपा रगत थेग्न सक्दैन,संयमित हुनुहोला

काठमाडौं- जेनजी अगुवा रक्षा बमले अब देशले कसैको पनि एक थोपा रगत थेग्न नसक्ने भन्दै जेनजी युवाहरूलाई संयमित हुन आग्रह गरेकी छन्। देशमा शान्ति कायम राख्नु जेनजीको पनि जिम्मेवारी भएको बताउँदै बिहीबार सामाजिक सञ्जालमा बमले संयमता र धैर्य नै जेनजीको शक्ति भएको धारणा राखिन्।

‘साथीहरू, संयमित हुनुहोला। हामीले धेरै विध्वंस देखिसक्यौं, नरसंहार भोगिसक्यौं। अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन। हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ। अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ,’ उनले भनिन्, ‘आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो।’

गत भदौ २३ गतेको घटनाका मृतक परिवारले न्याय पाउनुपर्छ भन्ने विषयमा दुईमत नरहेको बताउँदै उनले यसका लागि जेनजीको आवाज सधैँ एक रहेको बताइन्। उनले भनिन्, ‘तर साथीहरू विद्रोहपछि विवेक महत्वपूर्ण हुन्छ है। हिजो सुशासनकानिम्ति हामी सडकमा आवाज उठायौं र राजनैतिक दलका अग्रज नेताज्यूहरू र युवाहरूले पनि बुझून्– यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’

प्रकाशित: ४ मंसिर २०८२ १५:५२ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast