मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

हिमाल प्रेस २ मंसिर २०८२ २:२७ | Tuesday, November 18, 2025
50
SHARES
मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् ।

प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो । केही दिनअघि गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे माग पत्र लिएर माधव खतिवडा गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए । प्रसाईं यसअघि दुई पटक साइबर कसुरसम्बन्धी र चैत १५ ८१ को घटनाका मुख्य प्रतिवादी हुन् । उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।

सरकारले दुर्गा प्रसाईंसहित अराजक अभिव्यक्ति दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको सुरक्षा समितिको बैठकमा परिस्थिति भड्काउने गरी विभिन्न व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको थियो।

निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो ।

 

प्रकाशित: २ मंसिर २०८२ २:२७ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast