डिशहोम र ट्राङक्विलिटी स्पाबीच रणनीतिक साझेदारी, ग्राहकका लागि विशेष छुट

हिमाल प्रेस २४ कार्तिक २०८२ ११:५२
8
SHARES
डिशहोम र ट्राङक्विलिटी स्पाबीच रणनीतिक साझेदारी, ग्राहकका लागि विशेष छुट

काठमाडौँ- नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाममध्ये एक द ट्राङक्विलिटी स्पासँग डिशहोमले रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउने र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमी (टीआईबीएसए) मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

लक्जरी वातावरण, अनुभवी थेरापिस्ट र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पाले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरिसकेको छ।

देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

काठमाडौंस्थित टीआईबीएसएले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेससँग सम्बन्धित व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा सञ्चालित यस संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरू तयार पार्ने लक्ष्य लिएको छ।

यो विशेष सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि myDishHome एपमार्फत उपलब्ध हुनेछ। यसका लागि प्रयोगकर्ताले myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी, दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ।

त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज कार्ड खोल्न सकिनेछ र कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिनेछ।

यस साझेदारीलाई औपचारिक रूप दिनका लागि ट्राङक्विलिटी स्पा एन्ड सर्भिसेज का प्रमुख सञ्चालन अधिकृत (सीओओ) श्री रणिल फाइजो र डिशहोम का चीफ अफ न्यु प्रोडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।

डिशहोमकी सीईओ श्री तारा मानन्धरका अनुसार यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ।

डिशहोम भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र जीवनशैली प्रवर्द्धन गर्ने दीर्घकालीन दृष्टिकोणको हिस्सा हो। यस कार्यक्रमअन्तर्गत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

आगामी दिनमा कम्पनीले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८२ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast