पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

हिमाल प्रेस ५ मंसिर २०८२ ८:२२ | Friday, November 21, 2025
16
SHARES
पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

तनहुँ- पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ।

पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास-१ दमौली बसपार्कदेखि आँबुखैरेनी-५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ। एक किमी ढलान गरिने छ।

हालसम्म ५०० मिटर ढलान भइसकेको छ। सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ। संघीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ।

वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ।

प्रकाशित: ५ मंसिर २०८२ ८:२२ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast