सिमरा झडपबारे कांग्रेस महामन्त्रीको टिप्पणी- चुनावमा आउन आग्रह गरौं, निषेधको राजनीति नचलोस्

हिमाल प्रेस ३ मंसिर २०८२ १३:४०
28
SHARES
सिमरा झडपबारे कांग्रेस महामन्त्रीको टिप्पणी- चुनावमा आउन आग्रह गरौं, निषेधको राजनीति नचलोस्

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाप्रति चिन्ता व्यक्त गर्दै चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्।

सिमरामा आज जेनजी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ। सोही घटनालाई लक्षित गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे। उनले भने, ‘सिमरा घटना दुःखद। प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’

आगामी फागुन २१ को चुनावमा सहभागी नहुने बताउँदै आएको एमालेलाई चुनावमा आउन विशेषगरी सरकारले नै वातावरण बनाउनुपर्ने पनि शर्माले बताए। उनले भने, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं। मधेश प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ। जेनजी विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं।’

तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न नमिल्ने महामन्त्री शर्माले बताए। शर्मा भन्छन्,‘त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो।’

महामन्त्री शर्माले सिमरा घटना जेनजी भावना नभई त्यसको दुरुपयोग भएको बताउँदै निषेधको राजनीति नगर्न आग्रह गरे।

बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप

प्रकाशित: ३ मंसिर २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast