सिमरा घटनाको जन्मदाता कांग्रेस र एमाले : कमल थापा

हिमाल प्रेस ३ मंसिर २०८२ १७:०१
18
SHARES
सिमरा घटनाको जन्मदाता कांग्रेस र एमाले : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिमरामा राजनीतिक दलका नेताहरूको आवागमन रोक्ने उद्देश्यले भएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै उक्त घटना प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत रहेको भन्दै भर्त्सना गरेका हुन्।

थापाले सिमरामा देखिएको निषेध र अवरोधको प्रवृत्तिलाई २०४६ र २०६३ पछिको राजनीतिक संस्कृतिबाट जन्मिएको विकृतिकमा रूपमा औँल्याए। तत्कालीन एमाले र कांग्रेसले विपक्षी दललाई दुई दशकअघिदेखि देशभर लखेट्ने, निषेध गर्ने र आक्रमण गर्ने वातावरण बनाएको आरोप उनको छ।

‘अहिले घटनाबाट चिन्तित र पीडित कांग्रेस–कम्युनिस्टले आफ्ना विगतका गलत र अप्रजातान्त्रिक कार्यको समीक्षा र आत्मालोचना गर्नुपर्छ,’ थापाले लेखेका छन्। उनले निषेधको राजनीति अन्ततः निरंकुशताको जननी हुने चेतावनी दिएका छन्।

आगामी आमनिर्वाचन नजिकिँदै जाँदा असुरक्षाको वातावरण सिर्जना गरेर राजनीतिक गतिविधि रोक्ने प्रवृत्ति बढ्नु गम्भीर चिन्ताको विषय भएको भन्दै उनले सरकारलाई सुरक्षा प्रत्याभूति सुदृढ गर्न आग्रह गरेका छन्। ‘राजनीतिक आवतजावतमा निषेध र असुरक्षा बढ्दै जाँदा स्वतन्त्र र निष्पक्ष चुनाव सम्भव हुँदैन,’ थापाले भने।

प्रकाशित: ३ मंसिर २०८२ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast