समन्वयवादी मार्ग खोज्न माग गर्दै नागरिक समाजको ज्ञापनपत्र

हिमाल प्रेस २० कार्तिक २०८२ १७:४०
2
SHARE
समन्वयवादी मार्ग खोज्न माग गर्दै नागरिक समाजको ज्ञापनपत्र

पोखरा- नागरिक समाज कास्कीले मुलुकको वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक संकट समाधानका लागि समन्वयवादी मार्ग उपाय खोजिनुपर्नेमा जोड दिएको छ।

त्यसका लागि सबै राजनीतिक दल र जेनजीसहित स्वाभिमानी नागरिक समाजका देशभक्त अगुवाहरू सम्मिलित सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गरी असंवैधानिक मार्गलाई सच्याएर संवैधानिक रूप दिन सकिने जनाएको हो।

सोही व्यहोरा उल्लेखित सातबुँदे मागसहितको ज्ञापनपत्र बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत राष्ट्रपतिसमक्ष बुझाइएको छ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल नेतृत्वमा जिल्ला प्रशासन गएको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेकाे थियो।

ज्ञापनपत्रमा वर्तमान सरकारले जे-जस्ता कार्यक्रमहरू सार्वजनिक गर्दछ, त्यसलाई निःशर्त स्वीकारेर जाने समर्पणवादी यात्रा वा अहिलेको सरकारलाई सडकबाटै हटाउने प्रतिरोध एवं प्रतिशोधात्मक कदम सबै पीडादायी हुने उल्लेख गर्दै अहिलेको सहज निकास र व्यवस्थापन मध्यममार्गी उपाय समन्यवादी मार्ग नै भएको ठहर गरिएको छ।

यसै गरी निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने समेतको तत्काल आवश्यकता विषयमा संविधान संशोधन गरी जेनजीसमेतको प्रभावकारी उपस्थिति सुनिश्चितका लागि सशर्त संसद पुनःस्थापा गर्नुपर्ने माग गरिएको छ। त्यसपछि जेनजीको उल्लेख्य उपस्थितिमा प्रतिनिधि सभाको कुनै सदस्यको अध्यक्षतामा अन्तरिम सरकार गठन र सर्वपक्षीय सम्मेलनको लिखित सहमतिमा तोकिने अवधिभित्रै संविधान संशोधन कार्य सम्पन्नपछि संसद विघटन गरी संवैधानिक सरकारबाटै आमनिर्वाचन गराउनु उत्तम विकल्प हुने उल्लेख गरिएको छ।

प्रजिअ शर्माले नागरिक समाज मुलुक र नागरिकको हितमा निःस्वार्थ काम गर्दै आएको उल्लेख गर्दै पत्र राष्ट्रपतिको कार्यालयमा पठाउने बताइन्।

प्रकाशित: २० कार्तिक २०८२ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast