फाइल तस्बिर
काठमाडौँ- बीपी राजमार्गमा आज पनि सवारी आवातजावत गरेका छैनन्। सडक अवरुद्ध भएपछि आज पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन।
लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो।
सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।
प्रकाशित: १५ कार्तिक २०८२ १३:३०
प्रतिक्रिया



