सदर चिडियाखानामा अवलोकनका लागि राखियो कालो चितुवा

हिमाल प्रेस २६ कार्तिक २०८२ १७:३२ | Wednesday, November 12, 2025
10
SHARES
सदर चिडियाखानामा अवलोकनका लागि राखियो कालो चितुवा

काठमाडौँ- जावलाखेलस्थित सदर चिडियाखानामा पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ।

इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए।

इलामबाट उद्धार गरी गत भदौ १७ गते चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो।

यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ।यस प्रकारका चितुवाहरू विरलै भेटिने गर्छन्।

प्रकाशित: २६ कार्तिक २०८२ १७:३२ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast