‘बाटुलो जून’ छायांकन सुरू, काे-काे छन् कलाकार ?

हिमाल प्रेस ५ मंसिर २०८२ १४:१५ | Friday, November 21, 2025
12
SHARES
‘बाटुलो जून’ छायांकन सुरू, काे-काे छन् कलाकार ?

काठमाडौँ- फिल्म ‘बाटुलो जून’ को शुभ साइत गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा निर्माण टिमले शुक्रबार क्यामेरा र  स्क्रिप्ट पूजा गरेको हो।

साथै फिल्मको छायांकन पनि आजदेखि नै सुरु गरिएको छ। काठमाडौँसहित फिल्म ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरालगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ।

फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिकामा रहनेछन्। अभिनयमा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन्।

फिल्मका निर्देशक भुवन केसी हुन्। पछिल्लो फिल्म ‘ड्रिम्स’ प्रदर्शनको करिब १० वर्षपछि केसीले निर्देशनमा पुनरागमन गरेका हुन्। निर्देशकभुवन स्वयंको अभिनयमा रहने फिल्ममा अन्य कलाकार प्रकाश घिमिरे, रेयर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछ।

निर्देशक केसीले फिल्म ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए। उनकाअनुसार यसपटक दर्शकले अनमोललाई अघिल्ला फिल्मभन्दा भिन्न पहिरन र अवतारमा देख्न पाउनेछन्।

बुवा भुवन केसीले ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रूमाल’ लगायत फिल्ममा अभिनय गरेको पात्रमै आज आफूलाई पाएको भन्दै अभिनेता अनमोलले बुवाकै विरासत धान्ने गरी यो फिल्ममा जोडिएको बताए। बोली, भाषादेखि धेरै कुरामा आफू भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले पात्रलाई न्याय गर्ने र फिल्म पनि उत्कृष्ट बनाउनेतिर लाग्ने बताए।

अभिनेत्रीद्वय प्रिन्सी र नेन्सीले अनमोलको फ्यानको रूपमा परिचित गराउँदै एकसाथ फिल्ममा काम गर्न पाउनु गर्व र सिकाइको अवसरको रूपमा लिएको बताए।

फिल्मका निर्माता जीया केसी हुन्। उनले फिल्मलाई नेपाली समाजको कथा भनेकी छन्। उनले भनिन्, यो फिल्म नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विस्वस्त छौँ।

फिल्मको कथा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन्। फिल्म सनराइज पिक्चर्स प्रा.लिको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ५ मंसिर २०८२ १४:१५ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast