हसिनाको अन्तर्वार्तापछि भारतीय कूटनीतिज्ञसँग बंगलादेश सरकारको चासो

हिमाल प्रेस २७ कार्तिक २०८२ १३:३९ | Thursday, November 13, 2025
18
SHARES
हसिनाको अन्तर्वार्तापछि भारतीय कूटनीतिज्ञसँग बंगलादेश सरकारको चासो सेख हसिना : फाइल तस्बिर

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएपछि ढाकास्थित भारतीय दूतावासका उपउच्चायुक्त पवन बदेहसँग बंगलादेश सरकारले चासो व्यक्त गरेको छ। बीबीसीले जनाएअनुसार बंगलादेश सरकारले यो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि हसिना भारतमा शरण लिएकी छन्।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसले बुधबार साँझ एक कूनटनीतिक स्रोतलाई उद्धृत गदै यो घटनाको पुष्टि गरेको हो।

‘मानवताविरूद्धका अपराधका लागि मुद्दा खेपिरहेकी अभियुक्तलाई आश्रय दिनु र उनलाई बंगलादेशविरोधी अभिव्यक्ति दिन तथा देशमा आतंकवादी गतिविधि भड्काउने अनुमति दिनु–दुवै देशबीचका द्विपक्षीय सम्बन्धका दृष्टिले उचित होइन,’ बंगलादेशको परराष्ट्र मन्त्रालयले भनेको छ।

बंगलादेशले भारतीय अधिकारीसँग हसिनाको मिडियासम्म पहुँच तत्काल रोक्न आग्रह गरेको बताइएको छ। गत वर्ष सरकारविरोधी आन्दोलन तीव्र बनेपछि हसिना बंगलादेश छोड्न बाध्य भएकी थिइन्।

प्रकाशित: २७ कार्तिक २०८२ १३:३९ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast