बागलुङमा ५३२ जना डेंगी संक्रमित फेला

हिमाल प्रेस २५ कार्तिक २०८२ ७:५२ | Tuesday, November 11, 2025
2
SHARE
बागलुङमा ५३२ जना डेंगी संक्रमित फेला

बागलुङ- जिल्लामा पछिल्लो तीव्र गतिमा डेंगी संक्रमण बढ्दै गएको छ। जिल्लाभर ५३२ जनालाई डेंगी संक्रमण भएको हो। जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा संक्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा संक्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेंगी संक्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। संक्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उनले बताए।

घिमिरेका अनुसार दसैँ र तिहार पछाडि संक्रमितको संख्या बढेको बताए। ‘संक्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति संक्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा संक्रमित भेटिएका छन्’, उनले भने, ‘धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ।’

डेंगी संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए। खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ कार्तिक २०८२ ७:५२ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast