चार महिनामा १६ हजार पर्यटक मनाङमा

हिमाल प्रेस १३ मंसिर २०८२ ११:४५ | Saturday, November 29, 2025
6
SHARES
चार महिनामा १६ हजार पर्यटक मनाङमा

मनाङ- चालु आर्थिक वर्षको पहिलाे चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन्।

मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन्।

इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन्।

प्रकाशित: १३ मंसिर २०८२ ११:४५ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast