न्यूयोर्क बस्ने नेपाली युवतीको कथामा आधारित वेब सिरिज ‘मनकला’ सार्वजनिक 

हिमाल प्रेस १० कार्तिक २०८२ ११:३० | Monday, October 27, 2025
12
SHARES
न्यूयोर्क बस्ने नेपाली युवतीको कथामा आधारित वेब सिरिज ‘मनकला’ सार्वजनिक 

काठमाडौँ- न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया नेपाली युवतीको कथामा आधारित वेब सिरिज ‘मनकला’ निर्माण भएको छ। परिवारको अपेक्षा र व्यक्तिगत सपनाबीचको द्वन्द्वमिश्रित सिरिजको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ। सिरिज न्यु इनभिजन प्रोडक्सन नामक युटयुब च्यानलबाट सार्वजनिक गरिएको हो।

सिरिजका निर्देशक ओम राज राउत र प्रमोद विश्वकर्मा हुन्। सिरिजले प्रवासमा बाँचिरहेका हजारौं नेपालीहरूको वास्तविक जीवन संघर्ष र भावनात्मक द्वन्द्वलाई चित्रण गर्ने निर्देशक प्रमोद विश्वकर्माले बताए।

आफ्नो जीवनसाथी खोज्दै गर्दा एक युवतीले परिवारको अपेक्षा र सामाजिक दवाबको सामना गर्नुपर्छ। एकातिर परिवारको हेरचाह गर्ने जिम्मेवारी, अर्कोतिर आफ्नो सपना र खुसी पूरा गर्ने चाहना। यी दुई विपरीत दिशाबीच फसेकी मनकला पात्रले आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय लिनुपर्ने अवस्थामा पुग्छिन्। यही सेरोफेरोमा सिरिज अगाडि बढेको छ।

सिरिजमा कलाकारका रुपमा आयुषा सञ्जेल क्षेत्री, मीन भण्डारी, लिजा पौडेल, ल्हाक्पा डोल्मा, ओम राज राउतले अभिनय गरेका छन्।

सिरिजको पाँच भागसम्म सार्वजनिक गरिने निर्देशक ओम राज राउतले बताए। उनका अनुसार दुई साताको बीचमा अर्को एपिसोड अपलोड गरिनेछ। सिरिजको अधिकांश सुटिङ सकिएको र सम्पादनको काम भइरहेको निर्देशक राउतले जानकारी दिए।

संगम राईले छायांकन गरेको सिरिजको सम्पादनमा प्रमोद विश्वकर्मा र प्रकाश बस्नेत छन्। सिरिज डोमिनिका प्लाटेकको प्रोडक्सन डिजाइन, नविन श्रेष्ठको ध्वनि डिजाइन र केदार भुसालको लाइन प्रोडक्सनमा बनेको छ।

यस्ताे छ  पहिलाे एपिसाेड 

प्रकाशित: १० कार्तिक २०८२ ११:३० | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast