हलमा ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन

हिमाल प्रेस ७ कार्तिक २०८२ १२:४४ | Friday, October 24, 2025
हलमा ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन

काठमाडौँ- नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। तिहारको अवसर पारेर ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज भए भने आजबाट शुक्रबारदेखि ‘मैझारो’ प्रदर्शनमा आएको हो। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ एक सामाजिक कथामा आधारित फिल्म हो।

वरिष्ठ बलराममा अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति र आफूलाई स्थापित गर्न खोज्ने एक उदाउँदो व्यक्तिबीचको द्वन्द्वलाई फिल्मले देखाउने जनाइएको छ। समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको पनि यसमा अभिनय छ।

त्यस्तै, अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘सोल्टिनी’ अन्तरजातीय प्रेम सम्बन्धको कथामा बनेको फिल्म हो। यसमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। साथमा विल्सन विक्रम राई, प्रेम सुब्बा, रविन्द्र झा, प्रकाश घिमिरे, कविता आले लगायत कलाकारहरूको अभिनय छ।

भाइटीकाको भोलिपल्ट शुक्रबारदेखि रिलिज ‘मैझारो’ लाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन्। फिल्ममा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन्। यो फिल्म पनि प्रेमकथामा आधारित छ।

यसमा निर्देशक स्वयंसँगै दयाहाङ राई, सुनील थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले लगायतका कलाकारहरूको पनि अभिनय छ। एक युवाको संघर्ष, उनको विगतको प्रेम र भविष्यको अनिश्चितताको त्रिपक्षीय द्वन्द्वलाई यस फिल्मले चित्रण गर्ने जनाइएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ १२:४४ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast