ओली अस्वस्थ भएर स्थगित एमाले सचिवालय बैठक आज बस्दै

हिमाल प्रेस २६ असोज २०८२ ६:४४ | Sunday, October 12, 2025
ओली अस्वस्थ भएर स्थगित एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।

प्रकाशित: २६ असोज २०८२ ६:४४ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast