बाहिरियाे ‘मोना लिसा’ को थिम पोस्टर

हिमाल प्रेस ३० असोज २०८२ १२:४० | Thursday, October 16, 2025
बाहिरियाे ‘मोना लिसा’ को थिम पोस्टर

काठमाडौँ- फिल्म ‘मोना लिसा (ब्लडी लभ) को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो।

निर्माण टिमका अनुसार फिल्मले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयवस्तु प्रस्तुत गर्नेछ। फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने छन्।

अहिले प्रि-प्रोडक्सनको काम चलिरहेको टिमले बताएको छ। फिल्म हिन्दी र नेपाली भाषामा बन्ने फिल्म आगामी अंग्रेजी वर्ष २०२६ मा प्रदर्शन गर्ने तयारी छ।

फिल्म भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्म बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्नेछ।

प्रकाशित: ३० असोज २०८२ १२:४० | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast