आफ्नो परानको फोटो सार्वजनिक गरेवापत फिल्म ‘परान’ ले १ लाख पुरस्कार दिने

हिमाल प्रेस ८ कार्तिक २०८२ १४:५० | Saturday, October 25, 2025
4
SHARES
आफ्नो परानको फोटो सार्वजनिक गरेवापत फिल्म ‘परान’ ले १ लाख पुरस्कार दिने

काठमाडौँ- यही कार्तिक १४ देखि प्रदर्शन हुने फिल्म फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ। ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै सो पुरस्कार राशी घोषणा गरेको हो।

निर्माण पक्षका अनुसार प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले आफ्नो ‘परान’ को हो?, ऊ सँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ सहित आफ्नो कुराहरू लेख्न पाउनेछन्। उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ।

तस्बिरमा आफ्नो परानका रुपमा बुबा, आमा, बुबाआमा दुबै पनि, श्रीमान, श्रीमती अथवा प्रेमी/प्रेमिका, साथी, दाजुभाइ एवम् दिदीबहिनीमध्ये जो कोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन्।

त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउने छन्।

यसैगरी ‘परान’ फिल्मको प्रचारमा केही स्वयंसवकहरू फिल्मको क्यूआरसहित शहरका विभिन्न भागमा घुमिरहेका छन्। उक्त क्यूआर स्कान गरी ‘परान’ फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणासमेत गरेको छ। ५० जना दर्शकलाई यो अवसर दिइनेछ।

यी दुबै प्रतियोगिताको अन्तिम समय फिल्म प्रदर्शनको एक सातापछिसम्म अर्थात् कार्तिक २० सम्म रहनेछ।

फिल्म एक बुबा र छोराको कथामा आधारित छ। शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गरेका छन्। सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो।

निर शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय छ।

प्रकाशित: ८ कार्तिक २०८२ १४:५० | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast