प्रचण्ड भन्छन्- समाजवादी मोर्चाबीचको एकता अन्तिम चरणमा

हिमाल प्रेस ३० असोज २०८२ १६:१२ | Thursday, October 16, 2025
प्रचण्ड भन्छन्- समाजवादी मोर्चाबीचको एकता अन्तिम चरणमा

चितवन- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन्।

आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनले भने,‘यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौं’, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ।’

समाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुवात गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुवात गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ३० असोज २०८२ १६:१२ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast