प्रचण्ड भन्छन्- देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आयो

हिमाल प्रेस ९ कार्तिक २०८२ १६:१४ | Sunday, October 26, 2025
प्रचण्ड भन्छन्- देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आयो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आएको बताएका छन्।

नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्था सम्हाल्ने जिम्मा माओवादीको भएको बताए।

‘हाम्रो पार्टीले अहिले जिल्ला-जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्’, संयाेजक प्रचण्डले भने।

उनले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न पनि आग्रह गरे। ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन’ उनले भने।

प्रकाशित: ९ कार्तिक २०८२ १६:१४ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast