धनकुटामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस २७ असोज २०८२ ८:११ | Monday, October 13, 2025
धनकुटामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक राति करिब २ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्काको मृत्यु भएको हो। गम्भीर घाइते खड्कालाई प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएको थियो । उनलाईलाई बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरे। चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन्।

धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी ३०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए।

प्रकाशित: २७ असोज २०८२ ८:११ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast