तिहारको टीकाको दिन, कति आज डलरको भाउ?

हिमाल प्रेस ६ कार्तिक २०८२ ६:२१ | Thursday, October 23, 2025
तिहारको टीकाको दिन, कति आज डलरको भाउ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही छ।

आज युरो १ को खरिदर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५७ पैसा थियो।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४५८ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६० रुपैयाँ २३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ६:२१ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast