रिक्त राजदूत पदमा कुनै नियुक्ति नगरिने

हिमाल प्रेस १३ कार्तिक २०८२ १७:२४ | Thursday, October 30, 2025
26
SHARES
रिक्त राजदूत पदमा कुनै नियुक्ति नगरिने

काठमाडौँ- सरकारले रिक्त राजदूत पदमा अहिले कसैलाई पनि नियुक्ति नगर्ने जनाएको छ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।

अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उल्लेख गरे। प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्यमूल्यांकनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताए।

प्रकाशित: १३ कार्तिक २०८२ १७:२४ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast