काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसले राजीनामा दिएको पुष्टि गरे। ‘हो, राजीनामा पेपर आएको छ।’ महासचिवले हिमाल प्रेससँग भने। गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन्।
प्रकाशित: १३ कार्तिक २०८२ ९:३७
प्रतिक्रिया



