सहरमा आज

महानायकको पुस्तक विमोचन, हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्मको प्रतिस्पर्धा

सुस्मिता बजगाईं २५ असोज २०८२ ६:२६
महानायकको पुस्तक विमोचन, हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्मको प्रतिस्पर्धा

काठमाडौँ- आज असोजको चौथो शनिबार। दसैँ सकिएको छ। दसैँ मनाउन गाउँ गएकाहरू फर्किने क्रममा छन्। यसबीच सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।  जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन हुँदैछ। यो सँगै दसैँमा प्रदर्शन भएका नेपाली, हिन्दी र अंग्रेजी फिल्म हलमा चलिरहेको छ।

राजेश हमालको पुस्तक विमोचन

अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ आज विमोचन हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम दिउसो साढे दुई बजे सुरु हुनेछ। पुस्तकमा अभिनेता हमालको जीवन, सिनेमायात्रा र समाजिक धारणाका विभिन्न आयामहरू समेटिएको छ। पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।

हलमा कुनकुन फिल्म?

ट्रोन एरेस

हलिउड फिल्म ‘ट्रोन एरेस’ असोज २४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। डिजिटल संसार र वास्तविक संसारबीचको द्वन्द्वको कथामा आधारित फिल्मका निर्देशक जाओकिम रोनिङ हुन्। फिल्ममा जारेड लेटो, ग्रेटा ली, इभान पिटर्स, हसन मिन्हज, जोडी टर्नर स्मिथ, आर्टुरो क्यास्ट्रो, क्यामरून मोनाघन लगायत कलाकारको अभिनय छ। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्यार मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्म चलिरहेको छ।

कान्ताराः अ लेजेन्ड च्याप्टर वान

बलिउड फिल्म ‘कान्ताराः अ लेजेन्ड च्याप्टर १’ असोज १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक ऋषभ शेट्टी हुन्। उनकै मुख्य भूमिका रहेको फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा निर्देशक शेट्टीसहित सप्तमी गौडा, श्रीराम रेड्डी, पोलासने, रुक्मिणी वसन्त, जयराम, गुलसन देवैयालगायत कलाकारको अभिनय छ।

राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।

बलिदान

फिल्म ‘बलिदान’ असोज १३ देखि नै हलमा चलिरहेको छ। समीर भट्टको मुख्य भूमिका रहेको फिल्मका निर्देशक सन्तोष सेन हुन्। फिल्ममा अन्य कलाकार सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी लगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, एफक्युब सिनेमाज, अष्टनारायण हल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘बलिदान चलिरहेको अन्य हल हुन्।

हरिबहादुरको जुत्ता

असोज १३ देखि नै फिल्म ‘हरिबहादुरको जुत्ता हलमा प्रदर्शनरत छ। दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

माइतीघर

फिल्म ‘माइतीघर’ असोज १३ देखि प्रदर्शन भइरहेको छ। पारिवारिक कथामा बनेको फिल्मका निर्देशक मिलन तामाङ हुन्। फिल्ममा केदार घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘माइतीघर’ चलिरहेको अन्य हल हुन्।

जोली एलएलबी ३

बलिउड फिल्म ‘जोली एलएलबी ३’ असोज २ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको छ। सुभाष कपुर निर्देशित फिल्ममा अक्षय कुमार, अरशद वारसी, हुमा कुरेशीलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा मलमा फिल्मको सो छ।

द कन्जुरिङः लास्ट राइट्स

हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ भदौ २० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मलमा फिल्मको एक सो छ।

डेमन स्लेयर

जापानीज फिल्म ‘डेमन स्लेयर’ नेपालमा चलिरहेको छ। एडभेञ्चर जनरामा बनेको फिल्ममा नात्सुकी हाने, सायोरी हायामी, अकारी किटोलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक हारुओ सोटोजाकी हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

प्रकाशित: २५ असोज २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast