मधेशका मुख्यमन्त्री सोनलको शपथ आज

हिमाल प्रेस ३० असोज २०८२ ९:४८ | Thursday, October 16, 2025
मधेशका मुख्यमन्त्री सोनलको शपथ आज

काठमाडौँ- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। बिहीबार बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथ ग्रहण समारोह तय भएको छ।

लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। जनमत विभाजन भएको अवस्थामा जनमतका सबै सांसदको हस्ताक्षर बुझाएर उनलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र एमालेले भने विरोध गरेका छन्।

प्रकाशित: ३० असोज २०८२ ९:४८ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast