बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

हिमाल प्रेस १३ कार्तिक २०८२ ७:०४ | Thursday, October 30, 2025
2
SHARE
बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

बैतडी- बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए।

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ ७:०४ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast