टिकटकमार्फत चर्चामा ६ वर्षअघिकाे देउडा गीत ‘तानी लान्छु ओय झुम्की’

हिमाल प्रेस १२ कार्तिक २०८२ १७:०८ | Wednesday, October 29, 2025
132
SHARES
टिकटकमार्फत चर्चामा ६ वर्षअघिकाे देउडा गीत ‘तानी लान्छु ओय झुम्की’

काठमाडौँ- अहिले टिकटकमा ‘तानी लान्छु ओय झुम्की’ बोलको देउडा गीत चर्चित बनेको छ। गीतलाई मोर्डन शैलीको देउडा गीत भनिएको छ।

यो गीत आजभन्दा ६ वर्ष अघि युट्युबमा सार्वजनिक भएको थियो। गीत एभरेस्ट ग्यालरी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

विष्णु भट्टको स्वर रहेको गीत उमेश कठायतले लेखेका हुन्। गीतमा गायक भट्टले नै संगीत भरेका छन्। भने कमल सौरागको संगीत संयोजन छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा सृष्टि खड्का, सुरज मल्ल र कैलाश कठायतले अभिनय गरेका छन्।

गीत प्रेम कथामा आधारित छ। देउडा शैली भएकोले कतियले गीत नबुझे पनि रमाउँदै टिकटक बनाएका छन्। तिहारको अवसरमा देउसीभैलोको रुपमा घन्किएसँगै गीतले थप चर्चा पाएको गायक भट्टले सामाजिक सञ्जालमा बताएका छन्। उनका अनुसार एक सातामै लाखौं टिकटकरले उक्त गीतको टुक्कामा भिडियो बनाएका छन्। युट्युबमा पनि गीतले छ लाखभन्दा बढी भ्युज बटुलेकाे छ।

यस्तो छ गीत

प्रकाशित: १२ कार्तिक २०८२ १७:०८ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast