डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

हिमाल प्रेस १४ कार्तिक २०८२ ६:११ | Friday, October 31, 2025
10
SHARES
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

कार्कीले डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, ‘कार्कीले डुंगेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए।’

कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ६:११ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast