विपिनको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीलगायतले गरे श्रद्धाञ्जली व्यक्त

हिमाल प्रेस ३ कार्तिक २०८२ १६:३८ | Monday, October 20, 2025
विपिनको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीलगायतले गरे श्रद्धाञ्जली व्यक्त

काठमाडौँ- हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज ९सोमबार० नेपाल ल्याइएको छ। आइतबार इजरायलमा अन्तिम बिदाइ गरिसकेपछि विपिनको शव आज दिउँसो काठमाडौँ ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली सभा गरिएको छ। प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश आर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेललगायतले जोशीको पार्थीव शरीरमा श्रद्धाञ्जली व्यक्त गरे।

सो क्रममा प्रधानमन्त्री कार्कीले विपिन प्रत्येक नेपाली आमाको छोरा भएको बताइन्। ‘विपिनलाई कसैले बिर्सन सक्दैन, उनले गरेको संघर्ष, हिम्मतप्रति गौरव छ,’ उनले भनिन्।

जोशीको शव गत हप्ता हमासको कब्जाबाट फिर्ता गरिएको थियो।

प्रकाशित: ३ कार्तिक २०८२ १६:३८ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast