बिपिन जोशीको महाकालीमा अन्त्येष्टि

हिमाल प्रेस ४ कार्तिक २०८२ ११:५४ | Tuesday, October 21, 2025
बिपिन जोशीको महाकालीमा अन्त्येष्टि

काठमाडौँ- इजरायलमा मारिएका बिपिन जोशीको केहीबेरअघि कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइ पुर्‍याइएको थियो। काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो। बिपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।

प्रकाशित: ४ कार्तिक २०८२ ११:५४ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast