इजरायलमा विपिन जोशीको अन्तिम बिदाइ (तस्बिरहरू)

हिमाल प्रेस २ कार्तिक २०८२ १९:५१ | Sunday, October 19, 2025
इजरायलमा विपिन जोशीको अन्तिम बिदाइ (तस्बिरहरू)

काठमडौँ- हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको आज (आइतबार) इजरायलको बेन गुरियन विमानस्थलमा अन्तिम बिदाइ समारोह गरिएको छ। समारोहमा उनको योगदानको प्रशंसा गरिएको थियो।

सरकारका बन्धक मामिलासम्बन्धी सम्पर्क व्यक्ति गाल हिर्शले समारोहमा जोशीको सम्झनामा दीप प्रज्वलन गर्दै विपिन इजरायलमा सिक्न आए पनि दु:खका साथ घर फर्काउनु परेको बताए। ‘उनी कुशल विद्यार्थी र असल व्यक्ति थिए। उनले आक्रमणका बेला साहसिक लडाइँ गरे, अरूको ज्यान बचाए, तर अन्ततः बन्धक अवस्थामा उनको हत्या गरियो,’ उनले भने।

जोशीको शव गत हप्ता हमासको कब्जाबाट फिर्ता गरिएको थियो। बिदाइ समारोहमा स्थानीयवासी, इजरायली प्रतिनिधि, नेपाली कूटनीतिज्ञलगायतका उच्च अधिकारीहरुको सहभागिता थियो।

विपिनको शव भोलि (सोमबार) नेपाल आउने भएको छ।

सबै तस्बिरः नेपालस्थित इजरायली दूतावासको फेसबुकबाट

प्रकाशित: २ कार्तिक २०८२ १९:५१ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast