विपिन जोशीको शव आज नेपाल ल्याइपुर्‍याइँदै

हिमाल प्रेस ३ कार्तिक २०८२ ८:०९ | Monday, October 20, 2025
विपिन जोशीको शव आज नेपाल ल्याइपुर्‍याइँदै विपिन जोशी

काठमाडौँ- हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइपुर्‍याइँदै छ। सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिए।

‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, घिसिङले भने, ‘तर त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहनुहुनेछ।’

काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ ८:०९ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast