बीएस्सी फाराम भर्ने समयसीमा र परीक्षा मिति सार्वजनिक

हिमाल प्रेस ११ कार्तिक २०८२ १०:५५ | Tuesday, October 28, 2025
बीएस्सी फाराम भर्ने समयसीमा र परीक्षा मिति सार्वजनिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, कीर्तिपुरले स्नातक तह (बीएस्सी) को प्रवेश परीक्षासम्बन्धी फाराम भर्ने समयसीमा र परीक्षा मिति सार्वजनिक गरेको छ।

साउन २६ गते प्रकाशित सूचनाअनुसार भर्ना प्रक्रियासम्बन्धी विवरणबारे थप प्रस्ट गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। चारबर्से वार्षिक प्रणालीअनुसारका बीएस्सी कार्यक्रमका लागि अनलाइन माध्यमबाट फाराम भर्ने व्यवस्था मिलाइएको छ।

संस्थानका अनुसार नियमित शुल्क रु १,१०० तिरी फाराम भर्ने अन्तिम मिति कात्तिक १९ गते बुधबार तोकिएको छ। त्यस्तै, दोब्बर दस्तुर रु २,२०० तिरी फाराम भर्ने समयावधि कात्तिक २० गते बिहीबारदेखि कात्तिक २६ गते बुधबारसम्म रहनेछ।

प्रवेश पत्र वितरण भने मंसिर १ गते सोमबारदेखि अनलाइनमार्फत सुरु हुने जनाइएको छ। त्यसैगरी, प्रवेश परीक्षा मंसिर ६ गते शनिबार दिउँसो १२:०० देखि २:०० बजेसम्म सञ्चालन हुने भएको छ।

परीक्षा केन्द्रको विवरण भने परीक्षार्थीले फाराममा उल्लेख गरेको विवरणका आधारमा पछि प्रकाशित गरिनेछ। संस्थानले परीक्षा सञ्चालनसम्बन्धी अन्य व्यवस्था पहिले प्रकाशित सूचनाअनुसार नै रहने जानकारी दिएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १०:५५ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast