नानी-शुक शिक्षा पुरस्कारबाट ८५ वर्षीय काफ्ले सम्मानित

हिमाल प्रेस २८ असोज २०८२ १८:४६ | Tuesday, October 14, 2025
12
SHARES
नानी-शुक शिक्षा पुरस्कारबाट ८५ वर्षीय काफ्ले सम्मानित

पोखरा- नानी-शुक स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित ‘नानी-शुक स्मृति शिक्षा पुरस्कार’ बाट स्याङ्जाका ८५ वर्षीय शिक्षासेवी तथा समाजसेवी तेजप्रसाद काफ्ले सम्मानित भएका छन्।

मंगलबार प्रतिष्ठानको २१ औं वार्षिकोत्सव तथा सम्मान समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले काफ्लेलाई नगद २५ हजार ५२५ रूपैयाँ साथमा ताम्रपत्रसहित सम्मान गरेका हुन्। तिवारीले शिक्षाको महत्त्वबारे प्रकाश पारे। उनले बाबुआमालाई ठूलो केही दिन नसके पनि न्यूनतम सेवासुविधा दिनुपर्ने बताए।

धर्मगुरू मीन गुरूङले बाबुआमाप्रति गर्ने आदर सत्कार जीवनपर्यन्त गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ महासचिव शोभा गौतम, सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजू, प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम ‘पाखे’ उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, सुकु हिराचन, सम्मानित व्यक्तित्व काफ्ले, उनका सुपुत्र भाष्करप्रसाद काफ्लेले बोलेका थिए।

प्रतिष्ठान संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको भावनासँग मिल्ने गरी शिक्षा क्षेत्रमा केही गर्ने उद्देश्यका साथ २१ वर्षअघि प्रतिष्ठान स्थापना गरिएको प्रस्ट पारे।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई सम्मानित गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ।

यसअघि यो पुरस्कारबाट भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दीव्यरमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ), लोकनाथ आचार्य (पर्वत), नैनकुमार श्रेष्ठ (म्याग्दी) सम्मानित भइसकेका छन्।

प्रकाशित: २८ असोज २०८२ १८:४६ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast