तीन महिनामा तीन खर्ब ६४ अर्ब खर्च

हिमाल प्रेस १ कार्तिक २०८२ १४:४२ | Saturday, October 18, 2025
तीन महिनामा तीन खर्ब ६४ अर्ब खर्च

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।

कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च भएको छ। यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् एक १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रुपैयाँ बराबर खर्च भएको छ।

यही अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ। यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ रुपैयाँ असुली भएको हो।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ असुली भएको छ।

यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपैयाँ प्राप्ति भएको छ। रासस

प्रकाशित: १ कार्तिक २०८२ १४:४२ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast