‘परान’ ट्रेलरमा सन्तानको सामीप्यता खोजीरहेका बुबाको कथा

हिमाल प्रेस २ कार्तिक २०८२ १०:५२
4
SHARES
‘परान’ ट्रेलरमा सन्तानको सामीप्यता खोजीरहेका बुबाको कथा

काठमाडौँ- फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा नेपाली समाजको पारिवारिक कथा प्रस्तुत गरिएको छ।

विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजीरहेका एक बुबाको संवेदनाकाे कथा देखाउन खोजिएको देखिन्छ। बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थिति फिल्ममा प्रस्तुत गरिएकाे छ।

फिल्मको शीर्ष भूमिकामा नीर शाहले अभिनय गरेका छन्। नेपाली फिल्ममा अभिनयका भीष्मपितामहका रूपमा परिचित उनी धेरै वर्षपछि शीर्ष भूमिकामा देखिदैछन्।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका छन्।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलीका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य, आरभजंग अधिकारीलगायत कलाकारको अभिनय छ।

फिल्म देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमाले निर्माण गरेको हो।

प्रकाशित: २ कार्तिक २०८२ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast