कोशी प्रदेशमा दुई सडक अवरुद्ध, पहिरोपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

हिमाल प्रेस २८ असोज २०८२ १०:१९
8
SHARES
कोशी प्रदेशमा दुई सडक अवरुद्ध, पहिरोपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ- कोशी राजमार्ग दुई स्थानमा पूर्णरूपमा अवरुद्ध बनेको छ। नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका ४ वरुण र मकालु गाउँपालिका ३ एकुवामा राजमार्ग बन्द भएको हो।

मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदूवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ।

काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बीपी राजमार्ग एकतर्फी सुचारु रहेको छ।

प्रकाशित: २८ असोज २०८२ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast