प्रमुख आयुक्त राईको राजीनामा माग्दै जेनजीले अख्तियारमा दर्ता गरायो निवेदन

हिमाल प्रेस २१ असोज २०८२ ११:५४
14
SHARES
प्रमुख आयुक्त राईको राजीनामा माग्दै जेनजीले अख्तियारमा दर्ता गरायो निवेदन

काठमाडौँ- अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारमा नै दबाबपत्र दर्ता गराएका छन्।

जेनजीका बिभिन्न १० भन्दा बढि समूहको जेनजी मुभमेन्ट अलायन्सले मंगलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाबपत्र दर्ता गराएका हुन्।

युवाहरुको दबाबपछि अख्तियारले उनीहरुको दबाबपत्र दर्ता समेत गरेको छ। अख्तियार प्रमुख आयुक्त राईका कार्यहरु राजनीतिक पक्षपाती रहेको र वाइडवडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरुमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेनजी युवा रिजन राना मगरले बताए। उनले राइसहित अन्य सवै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको जानकारी दिए।

देशको भ्रष्टचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए।

युवाहरुले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन्।

प्रकाशित: २१ असोज २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast