कला परिषद्मा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

हिमाल प्रेस २१ असोज २०८२ ११:०३
14
SHARES
कला परिषद्मा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी
काठमाडाैँ- बबरमहलस्थित नेपाल कला परिषद्मा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी चलिरहेको छ। तेस्रो एसियन आर्ट बाइनालेले नेपाल विशेष स‌ंस्करणमा कला परिषद्मा प्रदर्शनी गरेको हो।

एसियन आर्ट बाइनाले प्रदर्शनीमा नेपाली ६० र चीनका ५३ कलाकारको सिर्जना प्रस्तुत गरेको छ। अधिकांश प्राचीन कलाशैलीका चित्र राखिएको प्रदर्शनीमा मूर्त, अमूर्त, प्रकृति, सम्पदा, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीलाई विम्ब बनाइएको छ। आइतबार अर्थात् असोज १९ देखि सुरु भएको प्रदर्शनी भोलि २२ असोजसम्म चल्नेछ।

प्रदर्शनी नेपाल कला परिषद् र चीनको जीएचएम ग्रेटर बे एरिया आर्टिस्ट युनियनले संयुक्त रुपमा आयोजना गरेको हो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कलाकार केके कर्माचार्यले अन्तर्राष्ट्रिय तहका कलाकारलाई स्वदेशमा ल्याएर आयोजना गरिएको प्रदर्शनीले एकापसमा सद्भाव र बलियोमैत्री सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गरे।

विविधता र प्राकृतिक सौन्दर्यले भरिएको नेपालमा विभिन्न जातजातिका फरक कला, संस्कृति, भाषाले समृद्ध रहेको उल्लेख गर्दै उनले नेपाली पहिचानलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताए।
प्रदर्शनीका संयोजक विकास धाख्खाले पूर्वजले सृजना गरेका कला कृतिले नेपालको गौरवशाली इतिहास बोकेको भन्दै यहाँको सभ्यता, कला, संस्कृति तथा प्रकृतिले आफ्ना मौलिकताबारे प्रचारप्रसार हुनुपर्नेमा जोड दिए।

 

प्रकाशित: २१ असोज २०८२ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast