रागिनीको चित्रकला प्रदर्शनी सुरु

हिमाल प्रेस २४ फागुन २०७९ १६:०४
62
SHARES
रागिनीको चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ– कलाकार रागिनी उपाध्याय ग्रेलाको ‘रागिनीको चित्रकला प्रदर्शनी’ बुधबार (आज)देखि सुरु हुने भएको छ। ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उक्त चित्रकला प्रदर्शन हुन लागेको हो।

बुधबार साँझ साढे ५ बजे राष्ट्रपति विद्या देवी भण्डारीले प्रदर्शनीको उद्घाटन गर्ने आयोजकले जनाएको छ। सिद्धार्थ कला केन्द्रको आयोजनामा हुने प्रदर्शनी बबरमहलस्थित कला परिषदमा हुनेछ।

चित्रकला प्रदर्शनी चैत ८ (२२ मार्च) सम्म चल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =