नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौँ चार्टर्ड उडान भर्ने

हिमाल प्रेस १९ असोज २०८२ १७:५०
8
SHARES
नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौँ चार्टर्ड उडान भर्ने

बुटवल- अविरल वर्षाका कारण अलपत्र परेका यात्रुहरुलाई सहयोग गर्ने गरी नेपाल एयरलाइन्सले भैरहवा काठमाडौँ चार्टर्ड उडान गर्ने भएको छ। नेपाल एअरलाइन्सको १५८ सिटे जहाज आइतबार राति ९ बजे रुपन्देहीबाट काठमाडौँ उड्ने भएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पान्डेले अलपत्र यात्रुलाई मध्यनजर गरी नेपाल एयरलाइन्सकाे जहाजबाट उडान भर्न लागिएकाे बताए।

‘अविरल वर्षाका कारण धेरै यात्रुहरू अलपत्र परिरहेका छन्। हजार बाह्र सय यात्रु अहिले पनि हिजोदेखि भैरहवाको गल्लामन्डीस्थित हनुमान मन्दिरमा छन्, ‘ प्रजिअ पाण्डेले भने।

उनले एयरलाइन्समा टिकट पाउन मुस्किल भएकालाई मध्यनजर गरी संस्कृति तथा पर्यटन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइट उडाउन थालेकाे बताए।

नेपाल एयर लाइन्सको चार्टर्ड फ्लाइटको लागि एयरलाइन्सका प्रतिनिधि अरुण पन्थि ९८५७०२३६७१ मा सम्पर्क गर्न सकिने छ। विपतको समयमा जनतालाई सेवा दिने गरी नेपाल एयरलाइन्सले भैरहवा काठमाडौँ चार्टर्ड उडान गर्न थालेको हो।

प्रकाशित: १९ असोज २०८२ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast