
इटहरी– अविरल वर्षापछि आएको पहिरोले इलाम जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म ३७ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।
जिल्लाको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, सन्दकपुर गाउँपालिकामा ६, माइसेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माईजोगमाई गाउँपालिकामा ८ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
त्यसैगरी इलाम नगरपालिकामा १ जना बेपत्ता भएका छन् भने अन्य विभिन्न स्थानीय तहमा घाइतेहरूमध्ये ८ जनाको उपचार भइरहेको छ।
प्राकृतिक प्रकोपका कारण इलामका धेरै घरहरूमा क्षति पुगेको र उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।
प्रकाशित: १९ असोज २०८२ १५:३९
प्रतिक्रिया