राष्ट्रपतिले गरे नौवटी कन्याको पूजा

हिमाल प्रेस १५ असोज २०८२ १०:३८
18
SHARES
राष्ट्रपतिले गरे नौवटी कन्याको पूजा महानवमीका अवसरमा बुधबार शीतल निवासमा नवकन्याहरूको पूजा गर्दै राष्ट्रपति रामचन्द्र पौडेल दम्पती। तस्बिर : शीतल निवास

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको नवौँ दिन बुधबार नवकन्याको पूजा गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गरेका हुन्।

राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बालमन्दिरबाट नवकन्यालाई पूजा गर्न शीतल निवास लगिएको थियो। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन छ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ।

प्रकाशित: १५ असोज २०८२ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast