हर्क साम्पाङले खोले पार्टी, चुनाव चिह्न माटोको ढिस्को

हिमाल प्रेस १२ असोज २०८२ १८:३४ | Sunday, September 28, 2025
हर्क साम्पाङले खोले पार्टी, चुनाव चिह्न माटोको ढिस्को

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा आफैं उपस्थित भएर साम्पाङले केही दिन अगाडि नै दल दर्ताका लागि निवेदन दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।‘हर्क साम्पाङले दल दर्ताका लागि तीन/चार दिन अगाडि निवेदन दिनुभएको छ,’ भट्टराईले भने, ‘श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको हो ।’

कागजात रुजु गर्ने क्रममा आयोग रहेको उनको भनाइ छ। साम्पाङले चुनाव चिन्हमा ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् ।

मेयर भएपछि उनले खानेपानीको अभियानलाई प्रमुख एजेन्डा बनाएका थिए । श्रम र आफ्नो पनसँग जोडिनुपर्छ भन्दै सन्देश दिनैका लागि साम्पाङले माटोको ढिस्को चुनाव चिन्ह माग गरेको देखिएको छ।

जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री बन्न काठमाडौं आएका थिए ।त्यसपछि उनले गृह मन्त्रालयको लागि समेत दबाब बढाएका थिए, तर पाएनन् ।

प्रकाशित: १२ असोज २०८२ १८:३४ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast