ओली र बस्नेतमाथि कार्की सरकारले प्रतिशोध साँधेको युवा संघको ठहर

हिमाल प्रेस १४ असोज २०८२ १२:३६
12
SHARES
ओली र बस्नेतमाथि कार्की सरकारले प्रतिशोध साँधेको युवा संघको ठहर

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरेको अथवा प्रतिशोध भएको खण्डमा सैह्य नहुने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति हाम्रो संगठन आपत्ति प्रकट गर्छ । जेन-जी घटनासम्बन्धी ‘जाँचबुझ आयोग २०८२’ ले बिना आधार, बिनाप्रमाण जाँचबुझको विशुद्ध शंका र पूर्वाग्रहको आधारमा राहदानी रोक्काको निर्णय गरेको छ ।’

‘छानबिन गर्न हामी तयार छौँ, तर, छानबिन नै नगरी प्रारम्भमै अपराधी करार गर्नेगरी निर्णय गरिनु आपत्तिजनक छ’ विज्ञप्तिमा उल्लेख छ ।

साथै एमाले पोलिटब्युरो महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने भन्ने सरकारको निर्णयको पनि युवा सङ्घले विरोध जनाएको छ ।

आइतबार जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो।

प्रकाशित: १४ असोज २०८२ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast