एसिया कप क्रिकेट : बंगलादेशले हार व्यहोर्दा भारत अपराजित बन्दै फाइनलमा

हिमाल प्रेस ९ असोज २०८२ ७:४४
20
SHARES
एसिया कप क्रिकेट : बंगलादेशले हार व्यहोर्दा भारत अपराजित बन्दै फाइनलमा

काठमाडौँ- एसीसी टी २० एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।

जितका लागि १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ दशलमव ३ ओभरमा १ सय २७ रनमा अल आउट भयो।

बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रभेज हसन इटनले २१ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बरुण चक्रवर्ती र जस्प्रित बुमराहले २-२ विकेट लिए।  तिलक बर्मा र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए।

भारतलाई ओपनर अभिषेक र शुभमन गिलले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। कप्तान सूर्य कुमार र तिलक बर्मा ५-५ रनमा आउट भए। हार्दिक पान्ड्या २९ बलमा ४ चौका र १ छक्कासहित ३८ तथा अक्षर पटेल १५ बलमा १० रनमा अविजित रहे।

बंगलादेशका रिसाद हसनले २, तान्जिम हसन सकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले १९१ विकेट लिए। सुपर फोरमा यसअघि भारतले पाकिस्तान तथा बंगलादेशले श्रींलंकालाई हराएको थियो।

आज पाकिस्तान र बंगलादेश भिड्दै छन्।  उक्त खेलको विजेता सुपर फोरमा पुग्नेछ। भारतले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ। श्रीलंका भने फाइनल दौडबाट बाहिरि सकेको छ।

प्रकाशित: ९ असोज २०८२ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast