‘मैझारो’ को टिजरमा धीरज, मिरुना र दियाबीचको त्रिकोणात्मक प्रेम

हिमाल प्रेस ७ असोज २०८२ ११:५२
10
SHARES
‘मैझारो’ को टिजरमा धीरज, मिरुना र दियाबीचको त्रिकोणात्मक प्रेम

काठमाडौँ- फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ५८ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ।

अभिनेता धीरज इलामको दृश्यसँगै गाउँले परिवेशमा देखिएका छन्। फिल्म विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बनेको छ।

धीरज, मिरुना र दियाका साथै फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायत कलाकारको अभिनय छ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्म आगामी कार्तिक ७ मा प्रदर्शन हुनेछ।

प्रकाशित: ७ असोज २०८२ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast